सुन तोलामा पाँच सयले घट्यो

सुन तोलामा पाँच सयले घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार पाँच सय कायम भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार कायम भएको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्यमा भने पाँच रुपैयाँले वृद्धि भएको छ। चाँदी आज प्रतितोला एक हजार तीन सय २० रुपैयाँ कायम भएको छ।

फागुन ११, २०७८ बुधबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।