एमसीसीबारे छलफल गर्न लोसपाको संसदीय दलको बैठक बस्दै

एमसीसीबारे छलफल गर्न लोसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको बैठक आज बस्दैछ। विवादास्पद बनेको एमसीसीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

आज दिउँसो १ बजे बैठक बस्ने तय भएको छ। लोसपाका नेता लक्ष्मणलाल कर्णका अनुसार एमसीसीका सम्बन्धमा आजको बैठकले पार्टीको ठोस धारणा सार्वजनिक गर्नेछ।

एमसीसी संसद्मा अनुमोदनका लागि पेश भइसकेको अवस्थामा कस्तो रणनीति अपनाउने भन्नेबारे विशेष छलफल हुने बताइएको छ। लोसपाको संसदीय दल १३ सदस्यीय छ।

फागुन ११, २०७८ बुधबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।