फेरि आयो पश्चिमी न्यून चापीय प्रणाली: सुदूरपश्चिमका केही स्थानमा वर्षा हुँदै

फेरि आयो पश्चिमी न्यून चापीय प्रणाली: सुदूरपश्चिमका केही स्थानमा वर्षा हुँदै

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपाल पुनः पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएको छ। हाल देशको पश्चिमी भेगमा यो प्रणालीको सामान्य प्रभाव रहेको छ।

यतिबेला देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।

यस्तै आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। 

यस्तै आज राति पनि यही मौसम प्रणाली रहनेछ।

फागुन ११, २०७८ बुधबार ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।