मतदाता परिचयपत्र हराएकालाई निःशुल्क सिफारिस दिन निर्वाचन आयोगको निर्देशन

मतदाता परिचयपत्र हराएकालाई निःशुल्क सिफारिस दिन निर्वाचन आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले हराएको वा नष्ट भएको मतदाता परिचयपत्र बनाउनका लागि सिफारिस दिँदा शुल्क नलिन स्थानीय तहलाई निर्देशन दिएको छ ।

विगतका निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताले  परिचयपत्र विभिन्न कारणले नष्ट भएको, हराएकाले पुनः बनाउनुपर्ने भनी आफ्नो वडा कार्यालयको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिएमा आयोगबाट त्यस्ता मतदाताको परियपत्र बनाउने व्यवस्था रहेको जानकारी दिएको छ।

सरोकारवाला स्वयंले आफ्नो वडा कार्यालयको सिफारिससहित मतदाता नामावली रहेको सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने छन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार वडा कार्यालयको सिफारिससहित सम्बन्धित मतदाता स्वयं उपस्थित भइ निवेदन दिएमा वा वडा कार्यालयको सिफारिससहित इमेल वा फ्याक्स वा अन्य विधिमार्फत समेत प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा निवेदन पठाएमा निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउन पनि आयोगले निर्वाचन कार्यालयलाई निर्देशन दिइएको छ ।

फागुन १०, २०७८ मंगलबार २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।