तीन किलो चाँदीसहित दुई भारतीय पक्राउ

सिरहाः सिरहाको लहानबाट नगद र तीन किलो चाँदीको गहनासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरीको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवास र नम्बर ७ गण हेड क्वाटर सिरहाबाट खटिएको विशेष टोलीले लहान नगरपालिका–७ दुर्गामन्दिरबाट भारतको विहार मधवनी थाना राजनगर –१२ का ३८ वर्षीय रञ्जित राय र उनका काका ६१ वर्षीय लखन रायको साथबाट ३ किलो ५२ ग्राम चाँदीको तयारी गहना र नगद २० हजार भारतीय रुपैयाँ, ५ सय १० नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।
नम्बर ७ गण हेड क्वाटर सिराहाका सूचना अधिकारी डिएसपी विनोद थापाका अनुसार बरामद गहनासहित दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइएको छ ।
उनीहरू सप्तरीको नाका हुँदै दहान बजारमा गहना लिएर आइरहेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
फागुन १०, २०७८ मंगलबार २०:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।