संसद्मा पुगेको एमसिसी पास गराउन अमेरिकी राजदूत सक्रिय

काठमाडौँ : अमेरिकी सहयोग सम्झौता संसद्मा टेबल भएपछि पनि सत्ताधारी दलहरूबिच एकमत नबनेको बेला नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी सक्रिय भएका छन्।
सत्तामा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी मतदानमा एमसिसीको विपक्षमा उभिने बताइरहँदा बेरी सक्रिय हुँदै प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग भेटेका छन्।
उनी ओली निवास बालकोटमै पुगेर ओलीलाई भेटेका हुन्। ओली र राजदूतको भेटपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
सरकारमा रहेको कांग्रेस बाहेक अन्य दल एमसिसी सम्झौताप्रति सकारात्मक छैनन्। संसद्मा एमसिसी टेबल गर्नु अगाडि प्रधानमन्त्री देउवा श्रीमती आरजुसँग बालकोटमा गएर ओलीसँग भेट गरेका थिए।
फागुन १०, २०७८ मंगलबार २०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।