कुटपिटबाट वृद्धको मृत्यु

कपिलवस्तु : कपिलवस्तुमा ७० वर्षीय वृद्धको कुटपिटबाट मृत्यु भएको छ। शिवराज नगरपालिका–३ खगेन्द्रपुरस्थित छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका–६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको छ।
शिवराज नगरपालिका–३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटियामा सुतेको अवस्थामा फागुन २ गते दाउराले कन्चटमा प्रहार गर्दा घाइते भएका टन्डनको स्थानीय अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ।
फागुन १०, २०७८ मंगलबार १९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।