२७ देखि ३१ लाखमा पाइने सुजुकी सेलेरियो नेपालमा

काठमाडौँ : सिजी होल्डीङ्ले सुजुकी सेलेरियो नेपाली बजारमा ल्याएको छ। सिजी नेपालका लागि आधिकारिक वितरक हो। कम्पनीले सेलेरियो उत्कृष्ट फिचर माइलेज भएको दाबी गरेको छ।
हार्टेक्ट प्लेटफर्ममा आधारित नयाँ सेलेरियो नेपालको सबैभन्दा बढी माइलेज दिने कार हुने कम्पनीको दाबी छ।
नयाँ जेनेरेसन सेलेरियोमा १.० लिटर ड्यूलजेट इन्जिन दिइएको छ। सो इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ। इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीले जनाएको छ। यसमा ५ स्पिड म्यानुअल र अटोमेटिक गियर बक्स उपलब्ध रहेको कम्पनीको दाबी छ।
नयाँ सुजुकी सेलेरियोमा अपडेटेड हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध गराइएको छ। सेलेरियोमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट स्क्रिन लगायतका विशेषता उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
सुजुकी सेलेरियोमा मारुती स्मार्ट प्ले अडियो सिस्टम, आइडल स्टार्टरस्टप फङसन, पुश स्टार्टरस्टप बटन, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टी–स्पोक स्टेरिङ ह्वील समावेश छ।
सुजुकीको नयाँ सेलेरियोको सुरुवाती भेरिएन्ट भिएक्स आईको मूल्य २७ लाख ९९ हजार रुपैयाँ, जेटएक्स आईको २९ लाख ९९ हजार र जेटएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कार ६ रङ, सिल्की सिल्भर, सोलिड फायर रेड, आर्टिक ह्वाइट, क्याफिन ब्राउन, ग्लिस्टेनिङ ग्रे र स्पीडी ब्लुमा उपलब्ध छ।
फागुन १०, २०७८ मंगलबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।