नेपालको यात्रा समाप्त : विश्वकपमा आयरल्यान्ड र युएई

 नेपालको यात्रा समाप्त : विश्वकपमा आयरल्यान्ड र युएई

काठमाडौँ : आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने आइसिसी टी-२० विश्वकपमा आयरल्यान्ड र युएई छनोट भएका छन्। मङ्गलवार ओमानमा भएको खेलमा दुवै टिमले जित निकालेर फाइनल पक्का गरे।

विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई ६८ रनले हरायो। विश्वकप खेल्न नेपाली टोली मैदानमा डटे पनि आजको खेलमा न बलर जमे न ब्याट्सम्यान नै।

दोस्रो सेमिफाइनलमा आयरल्यान्डले घरेलु टिम ओमानलाई ५६ रनले पराजित गरेर फाइनल यात्रा पक्का गर्यो।

टी-२० विश्वकपमा आगामी अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदै छ। अस्ट्रेलियामा हुने विश्वकपमा १६ टिमबिच प्रतिस्पर्धा हुनेछ। 

फागुन १०, २०७८ मंगलबार १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।