एमसीसीबारे छलफल गर्न ओली पुगे बालुवाटार 

एमसीसीबारे छलफल गर्न ओली पुगे बालुवाटार 

काठमाडौं : प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । 

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसीमा सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मत हाल्ने बताएपछि कांग्रेस गठबन्धनको माया मारेर एमालेसँग सहकार्य गर्ने मनशायमा पुगेको बताइएको छ। 

सोमबार प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा सहमति खोज्न कांग्रेस  वरिष्ठ नेता रामचन्द्र पौडेललाई खटाएका थिए । पौडेलले माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेट्दै गठबन्धनको सन्देश देउवालाई दिएका थिए।

ओली र प्रधानमन्त्री देउवाको भेटलाई महत्वकासाथ हेरिएको छ । भेटमा संसदको गतिरोध अन्त्य र एमसीसीका बारेमा कुरा हुने एमालेका एक पदाधिकारीले जानकारी दिए।

फागुन १०, २०७८ मंगलबार १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।