साताको तेस्रो दिन सेयर बजार उकालियो

काठमाडौँ : साताको तेस्रो दिन मङ्गलवार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ। मङ्गलवार नेप्से परिसूचक १७ दशमलव ४२ अङ्कले बढेर २ हजार ७ सय ३५ दशमलव ९३ अङ्कमा पुगेर बजार बन्द भयो।
पहिलो दिन आइतबार दोहोरो अङ्कले घटेको बजार सोमबार दोहोरो अङ्कले बढेको थियो। क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेर ४.३६ अङ्कमा पुगेको छ।
सोमबारको तुलनामा मङ्गलवार कारोबार रकम समेत बढेको छ। सोमबारको कारोबार ३ अर्ब पनि पुगेको थिएन। मङ्गलवारको कारोबार ३ अर्ब २१ करोड नाघेको छ।
फागुन १०, २०७८ मंगलबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।