विश्वकप पुग्न नेपालले पायो १७६ रनको लक्ष्य

विश्वकप पुग्न नेपालले पायो १७६ रनको लक्ष्य

काठमाडौँ : टी-२० विश्वकपमा पुग्न नेपाललाई युएईले १ सय ७६ रनको लक्ष्य दिएको छ। ग्लोबल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा टस जितेर पहिलो ब्याटिङ रोजेको युएईले ७ विकेट गुमाएर १७५ रन बनाएको हो।

ओमानको मस्कटस्थित अल अमेरात रङ्गशालामा युएईले विस्फोटक सुरुआत गरेको थियो। जितेन्द्र र अविनाशले ३-३ र सन्दीप लामिछानेले १ विकेट लिएका थिए।

विश्वकपमा छनोट हुन आज नेपालले युएईलाई हराउनै पर्छ । ग्लोबल क्वालिफायरको समूह ए बाट दुई टोलीले आगामी अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने आईसी ट्वान्टी-२० विश्वकप खेल्न पाउनेछन्। 

फागुन १०, २०७८ मंगलबार १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।