विस्फोटक ब्याट्सम्यान अरविन्दलाई हटाए सन्दीपले

विस्फोटक ब्याट्सम्यान अरविन्दलाई हटाए सन्दीपले
फाइल तस्बिर

काठमाडौंः जारी टी ट्वेन्टी विश्वकप क्वालिफायरमा सन्दीप लामिछानेले नेपालका लागि विकेट लिएका छन्। उनले विस्फोटक ब्याट्सम्यान वृत्य अरविन्दको विकेट लिएका हुन्।

हाल यूएईले ८ औं ओभरको खेल चलिरहँदा ७३ रन प्रहार गरिसकेको छ। खेलमा विस्फोटक सावित भइरहेका अरविन्दको विकेटसँगै यूएईको पारीलाई थोरै कम गर्ने नेपालले आस लिएको छ।

अरविन्दले केवल २३ बलमा ४६ रन प्रहार गरिसकेका थिए। हाल यूएईको रनरेट प्रतिओभर ९.१३ रहेको छ।

फागुन १०, २०७८ मंगलबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।