धरानको जङ्गलमा झोलामा भेटिएको शवको सनाखत, पारिवारिक कारणले हत्या भएको आशङ्का

धरानको जङ्गलमा झोलामा भेटिएको शवको सनाखत, पारिवारिक कारणले हत्या भएको आशङ्का

काठमाडौंः धरानको जङ्गलमा फेला परेको शवको सनाखत भएको छ। कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान–४ आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको हो।

शव झापाको दमक नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले बताए। दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै भएको अवस्थामा शव फेला परेको थियो।

प्रहरीका अनुसार सिग्देल दाजुको घर गएका थिए। उनको हत्यामा पारिवारिक कारणले हुनसक्ने आशङ्का गरिएको छ।

दमक– ५ का वडाध्यक्ष ईन्द्र गुरुङका अनुसार सिग्देलको राहदानी सोही स्थानको भए पनि नागरिकता भने इलामको चुलाचुलीको रहेको छ। प्रहरीले खोजी गरे पनि दमकमा सिग्देललाई चिन्ने मानिस कोही नभएको गुरुङले जानकारी दिए।  

घटनामा सङ्घीय प्रहरी इकाई र ईलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।

फागुन १०, २०७८ मंगलबार १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।