कल बाइपासको आशङ्कामा चिनियाँसहित ३६ जना पक्राउ

काठमाडौँ : प्रहरीले पुरानो बानेश्वरबाट चिनिया नागरिक सहित ३६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले उनीहरूलाई कल बाइपासमा संलग्न रहेको आशङ्कामा पक्राउ गरेको हो।
प्रहरीले चिनिया नागरिक सहित नेपालीहरूलाई पक्राउ गरे पनि उनीहरू कस्तो खालको कल बाइपासमा संलग्न रहेको र उनीहरूको भूमिका के हो भन्ने खुलाएको छैन।
यस अगाडि पनि प्रहरीले कल बाइपासमा संलग्न रहेको आरोपमा बङ्गलादेशी, भारतीय र नेपाली नागरिकहरू पक्राउ गरेको थियो। उनीहरू पक्राउ पर्दा नेपाल टेलिकम अनि एनसेल लगायतका दूरसञ्चार सेवा प्रदायकको सिम दुरुपयोग गरेर कल डाइभर्ट गराएर बाइपास गर्ने खुलाएको थियो।
फागुन १०, २०७८ मंगलबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।