एक तोला सुनको मूल्य ९७ हजार रुपैयाँ

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला आठ सय रुपैयाँले वृद्धि हुँदै सुन तोलामा ९७ हजार पुगेको हो।
आज छापावाल सुनको मूल्य ९७ हजार कायम हुँदा तेजाबी सुनको मूल्य भने ९६ हजार पाँच सय कायम भएको छ।
आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँले वृद्धि भएको छ। आज चाँदीको मूल्य एक हजार तीन सय १५ कायम भएको छ।
फागुन १०, २०७८ मंगलबार ११:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।