ट्राफिक नियम उल्लंघन गर्ने १४ सय ६ जना कारबाहीमा

काठमाडौंः ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने एक हजार चार सय ६ जनालाई कारबाही गरेको छ। हिजो काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरूलाई कारबाही गरिएको हो।
कारबाही पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३८ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकहरू रहेका छन्।
सवारी साधन चलाउँदा सुरक्षा अपनाउन आग्रह गर्दै ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ।
फागुन १०, २०७८ मंगलबार ११:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।