छोरी बलात्कार गर्ने बाबुलाई ४३ वर्ष कैद

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासबाट हाडनाता करणी कसुरमा २५ वर्ष र बलात्कार कसुरमा १८ वर्ष कैद सजाय हुने फैसला भएको हो।
१४ बर्सिया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएका थिए। जाहेरीका १९ गते बलात्कार गरेको उल्लेख थियो। जाहेरी लगत्तै प्रहरीले तत्कालै घरबाटै पक्राउ गरेर अनुसन्धान थालेको थियो।
स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडित बालिकाको बयान लगायतको प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ०७७ पुस १६ गते दैलेख जिल्ला अदालतमा हाडनाता करणी सम्बन्धी अभियोग पत्र दर्ता गराएको थियो।
फागुन १०, २०७८ मंगलबार ०८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।