लिभिङ टुगेदरबारे बोल्न थाले सांसद, कानुन बनाउन माग

लिभिङ टुगेदरबारे बोल्न थाले सांसद, कानुन बनाउन माग

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदरले वैवाहिक तथा घरेलु कानुनहरूलाई प्रभावित बनाएको बताएकी थिइन्।

लिभिङ टुगेदरका कारण कतिपय नकारात्मक घटना समेत भएको भन्दै उनले नेपालमा वैवाहिक र घरेलु कानुन भए पनि  त्यसलाई लिभिङ टुगेदरले प्रभावित पारिरहेको बताइन्।

कस्तो अवस्थामा बस्न पाउने र कस्तो अवस्थामा बस्न नपाउने स्पष्ट रूपमा कानुन बनाउन जरुरी रहेको उनको तर्क थियो।

लिभिङ टुगेदरबारे सरकारले खाका कोरेर सदनमा छलफल गराउन समेत उनले माग गरिन्।

सांसद बिन्दा पाण्डेले लिभिङ टुगेदरबारे कानुन बनाउन मूल नेतृत्वको मानसिकता परिवर्तन हुनुपर्ने बताइन्। उनले धेरैले यसलाई सहज रूपमा लिन नसकेको भन्दै यसले सम्बन्धमा ल्याउन सक्ने जटिलता सम्बोधन गर्न बेलैमा कानुन बनाउनुपर्नेमा जोड दिइन्। महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले कानुन बाझिन नहुने गरी लिभिङ टुगेदर सम्बन्धी कानुन बनाउनु पर्ने बताइन्। 

फागुन १०, २०७८ मंगलबार ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।