नेपाली क्रिकेट टीमलाई राष्ट्रपतिको बधाई

नेपाली क्रिकेट टीमलाई राष्ट्रपतिको बधाई

समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेकेपछि राष्ट्रपति भण्डारीले ट्वीट गर्दे बधाई दिएकी हुन् । उनले नेपाली टोलीलाई नेपाली टीमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफलताको कामना व्यक्त गरेकी हुन् । 

भण्डारीले शुभकामनामा भनेकी छन्,'ओमानमा जारी टी-२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ! नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्‚ अग्रिम शुभकामना !'

 

 

फागुन ९, २०७८ सोमबार २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।