नक्कली लाइसेन्स बोक्नेलाई दुखद खबर : अब ट्राफिकले  बाटैमा मोबाइलबाटै सक्कली/ नक्कली पत्ता लगाउने, यातायातले बनाइदियो एप्स

नक्कली लाइसेन्स बोक्नेलाई दुखद खबर : अब ट्राफिकले  बाटैमा मोबाइलबाटै सक्कली/ नक्कली पत्ता लगाउने, यातायातले बनाइदियो एप्स

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरे।

महानिर्देशक घिमिरेले एक बर्से परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्युआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्स मार्फत स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्टाउन सक्ने बताए। उनले एक बर्से परिक्षणकालको अवधिमा पाँच पटक भन्दा बढी ट्राफिक नियम उल्लङ्घन गरेको रेकर्ड देखिएमा सो लाइसेन्स खारेज गर्न सक्ने प्रावधान रहेको उनले जानकारी दिए।

महाशाखा प्रमुख एसएसपी जोशीले यस अघि लाइसेन्स प्रमाणीकरणको लागि कुनै प्रविधि नभएकाले शङ्कास्पद लाइसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब

अब ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एप्स मार्फत लाइसेन्स प्रमाणीकरण गर्न सक्ने बताए। उनले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले विकसित प्रविधिको प्रयोग गरी लाइसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने बताए।

कसरी काम गर्छ त, एप्सले ?

विशेष प्रकारको मोबाइल एप्स मार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परीक्षणकालीन लाइसेन्समा रहेको क्यूआरलाई एप्स मार्फत स्क्यान गरी लाइसेन्स भरिफाई गरिने विभागले जानकारी दिएको छ। उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाईलमा एप्स डाउनलोड गरेर सहजै चेकजाँच गर्न सक्नेछन्। क्युआर स्क्यान गरेपछि सो लाइसेन्सको सबै विवरण एप्समा आउनेछ।

फागुन ९, २०७८ सोमबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।