माओवादी केन्द्रले सरकार छाड्छ : देव गुरुङ 

माओवादी केन्द्रले सरकार छाड्छ : देव गुरुङ 

संसदीय प्रणालीमा सभामुखको रुलिङ मान्नुपर्ने बाध्यता रहेकोले नेता गुरुङले एमसिसी टेबल गर्न सहमत भएको उनले बताए। राष्ट्र हितविपरीत रहेकाले संसदले एमसिसी अस्वीकृत गर्नुपर्ने उनको भनाइ छ। 

'सरकारको बारेमा पार्टीले निर्णय गरिसकेको छ। त्यो भनेको सरकारबाट हट्नुपर्छ भन्ने नै हो। कुन दिन हट्ने आवश्यकता अनुसार पार्टीले निर्णय गर्छ,' उनले उकेरासँग भने। 

एमसिसी संशोधन बिना पारित गर्न नहुने पार्टीको महाधिवेशनले निर्णय गरेकोले सोही निर्णयमा माओवादी अडिग रहेको नेता गुरुङको भनाइ छ।

फागुन ९, २०७८ सोमबार १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।