एमसीसी पास गर्न देउवा रणनीति: प्रचण्ड-माधव फकाउने जिम्मा पौडेललाई

एमसीसी पास गर्न देउवा रणनीति: प्रचण्ड-माधव फकाउने जिम्मा पौडेललाई

काठमाडौंः सत्ता साझेदार दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एमसीसी संसदमा टेबल गर्न राजी भए पनि पास गर्न अड्को थापिरहेको बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक रणनीति बनाउन व्यस्त छ्न्। 

देउवाले पार्टीका उपसभापति, महामन्त्री, सचेतक र केही पूर्वपदाधिकारीहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। बैठकमा एमसीसी पारित गर्न संसद्मा निर्वाह गर्ने भूमिका, गठबन्धनमा साझा धारणा बनाउन गरिने प्रयास र अन्य विकल्पबारे छलफल हुने बताइएको छ। 

'सभापतिले बोलाउनुभएको बैठकमा एमसीसी कसरी पारित गराउने भन्नेमै केन्द्रित हुनेछ', एक पदाधिकारीले भने। 

देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमसीसी पास गर्न पहल गर्न खटाएका छन्। सोही बमोजिम पौडेलले राजनीतिक भेट बढाउँदै छन्।

फागुन ९, २०७८ सोमबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।