रेडपाण्डाको जस्तो देखिने दुई थान छालासहित पक्राउ

रेडपाण्डाको जस्तो देखिने दुई थान छालासहित पक्राउ

काठमाडौंः प्रहरीले रेडपाण्डाको जस्तो देखिने दुई थान छालासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुमपश्चिम वाफिकोट गाउँपालिका-५ घर भई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसी रहेका छन्।

उनलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो। 

ललितपुर महानगरपालिका-२ सानेपा हाईटमा रेडपाण्डाको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बुझ्दा उक्त छाला बोकेको व्यक्ति नयाँ बसपार्क मन्जुश्रीमार्गमा भएको बुझिएपछि उनलाई सोही ठाउँबाट उक्त छालासहित फेला पारी पक्राउ गरिएको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

फागुन ९, २०७८ सोमबार १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।