वीरगञ्ज नाकाबाट लक्ष्यभन्दा बढी राजश्व सङ्कलन, इन्धन र सवारी आयात अत्याधिक

वीरगञ्ज नाकाबाट लक्ष्यभन्दा बढी राजश्व सङ्कलन, इन्धन र सवारी आयात अत्याधिक

पर्साः नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सारबाट यो आर्थिक वर्षमा मात्र एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७८/७९ को साउनदेखि माघसम्ममा यति राजश्व सङ्कलन भएको हो।

गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा सङ्कलित राजश्वको तुलनामा यो झण्डै ३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको ७ महिनामा रु ८८ अर्ब ५० करोड ४८ लाख राजश्व सङ्कलन भएको थियो। यो गत आर्थिक वर्षको सङ्कलित राजश्वभन्दा रु ३३ अर्ब २२ करोड ३६ लाख बढी हो।

यो अवधिमा भन्सार विभागले रु एक खर्ब १६ अर्ब ७१ करोड १५ लाख राजश्व सङ्कलन हुने प्रक्षेपण गरेको थियो। लक्ष्यभन्दा ४.३ प्रतिशत बढी अर्थात् पाँच अर्ब एक करोड ७८ लाख बढी सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले बताए।

सवारी साधनको आयातबाट सङ्कलित राजश्वमा २३.२१ प्रतिशत र इन्धनको आयातमा ३७.९१ प्रतिशत बढी राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

फागुन ९, २०७८ सोमबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।