आज चार सय रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

आज चार सय रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९६ हजार दुई सय कायम भएको छ।

यस्तै तेजाबी सुनको मूल्य भने तोलामा ९५ हजार सात सय कायम भएको महासङ्घले जनाएको छ।

आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार तीन सय रुपैयाँ प्रतितोला कायम भएको छ।

फागुन ९, २०७८ सोमबार ११:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।