अन्तर्राष्ट्रिय मातृभाषा दिवस: १५ दिनमा दुई वटा भाषा लोप

अन्तर्राष्ट्रिय मातृभाषा दिवस: १५ दिनमा दुई वटा भाषा लोप

काठमाडौंः आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालेको हो।

विभिन्न अध्ययनअनुसार विश्वमा १५ दिनमा दुई वटा भाषा लोप हुने गरेको तथ्य पनि सार्वजनिक भएको छ।

नेपालमा भने विसं २०६६ सालदेखि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा आइतबार आयोजनामा गरिएको ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ कार्यक्रममा नेपालमा एक हजारभन्दा कम वक्ता रहेका ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको जानकारी गराइएको थियो।

यस्तै मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जात जातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गर्ने जनाएको छ।

फागुन ९, २०७८ सोमबार १०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।