एम्बुलेन्सको ठक्करबाट अस्पतालमा कार्यरत महिलाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट अस्पतालमा कार्यरत महिलाको मृत्यु

सुनसरीः जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका- ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश२–०१–००१झ ००२८ नम्बरको एम्बुलेन्सले उराँव सवार प्रदेश०१–०२–०४१प २१५५ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो।

उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन। एम्बुलेन्स चालक सप्तरी विषनपुर-५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

फागुन ९, २०७८ सोमबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।