बेलायती महारानी कोभिड पोजेटिभ

बेलायती महारानी कोभिड पोजेटिभ

एजेन्सीः बेलायती महारानी एलिजावेथ कोभिड पोजेटिभ भएकी छिन्। बकिङ्घम प्यालेसले यसबारे जानकारी दिएको हो।

दरबारका अनुसार एलिजावेथलाई सामान्य चिसोको लक्षण देखिएको छ। यस्तै दरबारको विज्ञप्तिमा भनिएको छ- 'उनलाई चिकित्सकीय निगरानीमा राखिनेछ भने सबै मापदण्डको पालना गरिनेछ।'

यसअघि रानीका जेठा छोरा तथा वेल्सका राजकुमार १० फेब्रुअरीमा कोभिड पोजेटिभ पाइएका थिए। यस्तै रानीको निवास विण्डसोर क्यासलमा अरू थुप्रैलाई कोभिड सङ्क्रमण भएको बताइएको छ।

फागुन ९, २०७८ सोमबार ०९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।