बाँकेमा ट्रक पल्टिदा च्यापिएर महिला प्रहरीको मृत्यु

काठमाडौंः बाँकेको कोहलपुर नगरपालिका-११ कोहलपुर चौराहमा गए राति ट्रक पल्टिदा च्यापिएर डियुटीमा खटिएका प्रहरी कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता विसी रहेकी छिन्।
शमशेरगञ्जबाट कौशिलानगर बाँकेतर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक, कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासि पल्टिदा विसी च्यापिएकी थिइन्। घाइते भएकी उनको उपचारको क्रममा कोहलपुरस्थित नेपालगंज मेडिकल कलेजमा राति सवा १० बजे मृत्यु भएको हो।
गए राति १० बजे भएको सवारी दुर्घटनालगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ।
फागुन ९, २०७८ सोमबार ०८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।