भाउजूले यौन सम्पर्क राख्न नमानेपछि हत्या, आरोपी पक्राउ

भाउजूले यौन सम्पर्क राख्न नमानेपछि हत्या, आरोपी पक्राउ

काठमाडौंः कपिलवस्तुको वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने एकल महिलाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा मृतकको देवर पर्ने सोही स्थान बस्ने ४० वर्षीय शम्भु लोनिया रहेका छन्। 

शम्भुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। 

६० वर्षीया यशोधा लोनियाको गत मंसिर ११ गते आफ्नै घरभित्र हत्या गरेको अवस्थामा शव फेला परे थियो। सो घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न शम्भुलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

अनुसन्धानको क्रममा मादक पदार्थ सेवन गरेको विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमती माइती गएकीले शम्भु मंसिर १० गते राति यशोधाको घरमा गएका थिए। त्यहाँ उनले मृतकसँग सहमतिमै शारीरिक सम्पर्क राखे। पुनः अर्को पटक शारीरिक सम्पर्क गर्न खोज्दा मृतकले नमानेको र चिच्याएर हल्ला गर्छु भनेपछि शम्भुले घाँटी थिचेर धोती र डोरीले दुवै हात टाउकोमाथि लगेर बाँधेर घर फर्किएका थिए। 

अभियुक्तमाथि जिल्ला अदालत कपिलवस्तुबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

फागुन ९, २०७८ सोमबार ०८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।