प्रदेश १ सहित देशको पहाडी भूभागमा मौसम बदली

काठमाडौंः प्रदेश नं १ सहित देशका पहाडी भूभागमा आज मौसम बदली हुने भएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण यी क्षेत्रमा आज मौसम परिवर्तन हुने भएको हो।
हाल ती भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राती पनि यही मौसम प्रणाली रहँदै प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
फागुन ९, २०७८ सोमबार ०७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।