विश्वकप क्वालिफायरमा नेपाल क्यानेडासँग भिड्दै, समूह विजेता बन्दै सेमिफाइनल पुग्ने लक्ष्य

विश्वकप क्वालिफायरमा नेपाल क्यानेडासँग भिड्दै, समूह विजेता बन्दै सेमिफाइनल पुग्ने लक्ष्य
तस्बिर: क्यान

काठमाडौंः जारी आईसीसी टी ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ। आज नेपालले क्यानेडाको सामना गर्नेछ। 

खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ। आफ्नो पहिलो र दोश्रो खेलमा सहज जित निकालेको नेपाल आज तेस्रो जित निकाल्दै समूह विजेता बनेर सेमिफाइनल यात्रा तय गर्न चाहन्छ। 

यता आजको खेलमा नेपाल पराजित नै भए पनि सेमिफाइनलको यात्रा गर्ने लगभग तय छ। तर रनरेट फराकिलो अन्तरको भएमा अन्य टोलीको खेलको नतिजामा निर्भर रहनुपर्नेछ।   

हाल २ खेलमा ४ अंकसहित तालिकामा नेपाल शीर्ष स्थानमा छ। 

ग्लोबल क्वालिफायरको फाइनल खेल्ने दुई टोली सोझै अष्ट्रेलियामा हुने टी ट्वेन्टी विश्वकपका लागि छनोट हुनेछन्।

फागुन ९, २०७८ सोमबार ०७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।