१८ एसपीको सरुवा, विवादितलाई जिल्ला इन्चार्ज

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले १८ जना एसपीको सरुवा गरेको छ। सरुवामा दल निकट र विवादितले जिल्लाको नेतृत्व पाएका छन्।
प्रहरी सङ्गठनका विवादित पात्र दयानिधी ज्ञवालीलाई बागलुङको प्रमुख बनाइएको छ। ललितपुरमा हुँदा उनी पैसा असुलीमा परेका थिए। चितवनमा खटिदा पनि उनी विवादरहित भएनन्। सोर्हखुट्टेमा काम गर्दा पनि विवादमै आएका थिए।
गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रहेका रवीन्द्र रेग्मीको सरुवा भएको छ। शारदाप्रसाद चौधरी डोटी, लक्ष्मीराज अधिकारी धनकुटा, विमलराज कँडेल सिन्धुली, दीपककुमार बस्नेत गुल्मी र केदार खनालको जिल्ला प्रहरी कार्यालय गोरखामा सरुवा भएको छ।
फागुन ८, २०७८ आइतबार २२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।