एमसिसी टेबल भएकोमा सिएनआई खुसी

काठमाडौँ : नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा टेबल भएकोमा नेपाल उद्योग परिसंघले स्वागत गरेको छ।
२०७४ भाद्र २९ मा नेपाल सरकार र एमसिसी कार्यालयबिच भएको सम्झौता संसदबाट अनुमोदन भएर कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्ने विज्ञप्तिमार्फत परिसंघले विश्वास व्यक्त गरेको छ।
विज्ञप्तिमा नेपालको आर्थिक विकासमा रणनीतिक महत्त्व दिने विद्युत् र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्त्वपूर्ण रहेको उल्लेख छ।
लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका आधार हुन सक्ने उल्लेख गर्दै विज्ञप्तिमा दिगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपश्चात्को आर्थिक पुनरुत्थानका लागि ठुलो लगानी चाहिने उल्लेख छ।
'एमसिसी जस्ता पूर्वाधार सहयोग परियोजना नेपालका लागि आवश्यक छ' परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
फागुन ८, २०७८ आइतबार २१:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।