बानेश्वरमा 'भुरा नेता'को रमिता

टेबल गरेर बाहिर निस्किएका माओवादी केन्द्र अनि एकीकृत समाजवादीका नेताहरूले टेबल मात्र गर्न दिएको हो पास त हुन्न भन्दै निस्किए।
नेताहरू संसदबाट निस्किएर आ-आफ्नो थलोमा फर्किसके। तर संसद्मा टेबल हुन समर्थन गर्ने त्यही दलका विद्यार्थी नेताहरू भने नयाँबानेश्वर क्षेत्रको सडकमा सुरक्षाकर्मीसँग झुत्ती खेलेर बसिरहेका छन्।
माओवादी केन्द्र अनि एकीकृत समाजवादीका भुरा नेताहरूलाई साथ दिइरहेका छन् राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी अनि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरूले।
संसद् बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भइसकेको छ। एमसिसीको विपक्षमा रहेकाहरू भने नयाँबानेश्वरमा खटिएका सुरक्षाकर्मीलाई ढुङ्गाले हान्दैछन्।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेर प्रदर्शनकारीलाई अगाडि बढ्न दिइरहेका छैनन्। प्रदर्शनकारीहरू ढुंगा हान्दै प्रहरीको ब्यारिकेट भत्काउँदै अगाडि बढ्ने प्रयासमा छन्।
केही प्रहरीले प्रदर्शनकारीलाई पनि ढुङ्गा हानिरहेका थिए। प्रहरीले ढुङ्गा हान्न थालेपछि केही प्रदर्शनकारी'ए प्रहरी भएर पनि ढुङ्गा हान्न लाज लाग्दैन' भन्दै थिए।
फागुन ८, २०७८ आइतबार १६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।