विद्यालय ड्रेसमै एमसिसीको विरोध गर्न कसले ल्यायो विद्यार्थीलाई सडकमा ?

विद्यालय ड्रेसमै एमसिसीको विरोध गर्न कसले ल्यायो विद्यार्थीलाई सडकमा ?

ती विध्यार्थीहरु भक्तपुरका विभिन्न विद्यालयबाट अमेरिकी सहयोग सम्झौता एमसिसीको विरोधमा भएको प्रदर्शनमा सहभागी भइरहेका थिए। उनीहरू विद्यालय पोसाकमै थिए।

केही विध्यार्थीहरु देवी उच्च माध्यमिक विद्यालय भक्तपुरका थिए। अधिकांश समाज सुधार सेकेन्डरी स्कुलका देखिन्थे।  देवी उच्च माध्यमिक विद्यालयका विध्यार्थीहरु १६-१७ वर्षका देखिन्थे भने समाज सुधारका विध्यार्थीहरु भने कक्षा ७-८ मा पढ्दै गरेका देखिन्थे।

उनीहरूले नेपाल मजदुर किसान पार्टीको झन्डा बोकिरहेका थिए। उनीहरू एमसिसीको विरोधमा भइरहेको प्रदर्शनमा सहभागी भए पनि उनीहरूको गफको विषय एमसिसी थिएन। उनीहरूलाई विरोध प्रदर्शनमा पनि कुनै चासो देखिएन।

कलिला बालबालिकाहरूलाई राजनीतिक रूपमा प्रयोग नगर्न बारम्बार आग्रह गरिए पनि राजनीतिक दलहरूले भने त्यसलाई वास्ता गरेको देखिँदैन। विशेष गरी यसमा नेमकिपा अगाडि देखिन्छ।

उसले आफ्नो पार्टीका अधिकांश विरोध प्रदर्शनमा कलिला बालबालिका र किशोर उमेरका विध्यार्थीहरुको प्रयोग गर्ने गरेको छ।

फागुन ८, २०७८ आइतबार १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।