संसद्बाट निस्कदै एमसिसीबारे प्रधानमन्त्रीले भने, 'अब पास हुन्छ'

संसद् बैठकबाट बाहिरिँदै गरेका उनले भने' अब पास हुन्छ।'
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट एमसीसी सहयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि टेबल गरेका थिए।
संसद्मा सो सम्झौता टेबल भएकाले अब संसद्मा यो सम्झौता औपचारिक रूपमा प्रवेश भएको छ। अब छलफलपछि मतदानबाट सम्झौता छिनोफानो हुनेछ।
फागुन ८, २०७८ आइतबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।