संवैधानिक सर्वोच्चताको प्रतिबद्धतासहित एमसीसी अनुमोदनका लागि संसद्मा पेश

कार्कीले वर्तमान सरकार अघिल्ला सरकारहरूको अविच्छिन्न उत्तराधिकारी रहेको भन्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा दर्ता गराएको सम्झौता अनुमोदनका लागि पेश गरेको बताएका थिए।
सम्झौताले नेपालमा प्रसारण लाइन निर्माण भई मुलुकमा उत्पादित विद्युतको व्यापारमा सहज हुने सरकारको विश्वास छ। एमसीसी अनुदानबाट प्राप्त सहयोगले ५ वर्षभित्रै आयोजनाहरू सम्पन्न हुने भन्दै मन्त्री कार्कीले सबै नेपालीले आयोजनालाई राष्ट्रिय गौरवको रूपमा ग्रहण गर्नुपर्ने बताए।
मन्त्री कार्कीले एमसीसी टेबल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मको लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।
फागुन ८, २०७८ आइतबार १४:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।