एमसीसी संसद्मा 'टेबल'

काठमाडौंः अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता संसद्मा टेबल भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल भएको हो।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा एमसीसी टेबल गराएका हुन्। यसअघि आइतबारै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा पनि एमसीसीका बारे साझा धारणास्वरूप एमसीसी संसद्मा टेबल गर्ने सहमति भएको थियो।
संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि संसद्को कार्यसूचीमा एमसीसीलाई सामेल गर्ने निर्णय भएको थियो।
फागुन ८, २०७८ आइतबार १४:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।