एमसिसीको विरोधमा नयाँबानेश्वरमा प्रदर्शन, प्रहरीको ब्यारिकेट फाले प्रदर्शनकारीले

एमसिसीको विरोधमा नयाँबानेश्वरमा प्रदर्शन, प्रहरीको ब्यारिकेट फाले प्रदर्शनकारीले

काठमाडौँ : संसद्मा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल हुने निश्चित भएपछि त्यसको विपक्षमा रहेकाहरूले नयाँबानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्। प्रमुख सत्ताधारी दलबिच सहमति भएपछि अर्थमन्त्री जनार्दन शर्माले संसद्को बैठकमा एमसिसी सम्झौता टेबल गर्दै छन्।

त्यसको विपक्षमा रहेका साना बाम दल र राप्रपा लगायतकाले बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले प्रहरीले लगाएको ब्यारिकेट भत्काएर विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा हाने पनि प्रदर्शन जारी छ।

 

फागुन ८, २०७८ आइतबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।