जीपको ठक्करबाट ७६ वर्षीय वृद्धको मृत्यु

जीपको ठक्करबाट ७६ वर्षीय वृद्धको मृत्यु

रोल्पाः जिल्लाको सुनिलस्मृती गाउँपालिका- ४ सुलिचौर बजारमा आज जीपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। सुनिलस्मृती गाउँपालिका- २ का ७६ वर्षीय लालबहादुर भुसालको मृत्यु भएको हो।

आज बिहान पौने ९ बजे लु२च ६८८६ नम्बरको जीपको ठक्करबाट भुसाल गम्भीर घाइते भएका थिए। घाइते भएका भुसालको उपचारको क्रममा क्रममा मृत्यु भएको हो।

जीपसहित चालकलाई ईलाका प्रहरी कार्यालय सुलिचौरले नियन्त्रणमा लिएको छ।

फागुन ८, २०७८ आइतबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।