एमसिसी एमसीसी संसद्मा टेबल गरिने निर्णयप्रति माओवादी सांसदको असहमति

काठमाडौँ : अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता आज संसद्मा टेबल हुने निश्चित भएपछि माओवादी सांसदहरूले असहमति जनाएका छन्।
आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति जुटेको थियो। सोही अनुसार संसद्को आजको कार्यसूचीमा एमसिसी सम्झौता अर्थमन्त्री जनार्दन शर्माले पेस गर्दै छन्।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माओवादी सांसदहरूले भने एमसिसी टेबल गर्ने विषयमा असहमति जनाएका छन्। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सदस्यहरू जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा असहमति राखेका थिए। उनीहरूले संसद् अवरुद्ध रहेको र एमसिसीका केही प्रावधान संशोधनको सुनिश्चितता नभएको र यश विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।
फागुन ८, २०७८ आइतबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।