एमसीसी मात्र टेबल नगर्ने सभामुखको अडान

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी मात्रै सदनमा नलैजाने भएका छन्। संसद् भवनमा जारी प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा उनले यस्तो बताएका हुन्।
माओवादीनिकट स्रोतका अनुसार एमसीसीसँगै अन्य महत्त्वपूर्ण विधेयक पनि संसद्मा लैजानुपर्ने सभामुखले अडान राखेका छन्।
‘एमसीसी सदनमा लाने, नलाने विषयमा त्यहाँ पनि लफडा हुन्छ,’ स्रोतले भन्यो, ‘सभामुखले अरू विधेयक नलाने, यो मात्रै किन भन्ने अडान राख्नुहुन्छ।’
सभामुख सापकोटा सदनको अवरोध खुल्नुपर्ने र अन्य महत्त्वपूर्ण विधेयक पनि छलफलका लागि लैजानुपर्ने अडानमा छन्। प्रमुख प्रतिपक्षी एमालेले पार्टी फुटाउन सहयोग गरेको भन्दै सभामुखको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएको छ।
फागुन ८, २०७८ आइतबार १२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।