एमसीसी: माउ पार्टी पक्षमा, भातृ संगठनको सडकमै होम

काठमाडौंः नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियूले 'एमसीसी स्वाहा' कार्यक्रम गरेको छ। मीनभवनस्थित मूल सडकमै अनेरास्ववियूका कार्यकर्ताहरूले होम गरेर 'एमसीसी स्वाहा' गरेको हो।
यता सत्ता गठबन्धनको दल एकीकृत समाजवादीले भने आजै एमसीसी संसद्मा टेबल गर्ने प्रस्तावमा सहमति जनाएको छ। सहमतिपश्चात कार्यसूचीको रूपमा लैजान आजै कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रवेश गराउने पनि तय भएको थियो।
हाल सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा संघीय संसद, प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।
फागुन ८, २०७८ आइतबार १२:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।