एक सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले उकालो लागेको छ। आज छापावाल सुनको मूल्य तोलाको ९६ हजार ६ सय तोकिएको छ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार एक सय तोकिएको छ। आज चाँदीको मूल्यमा भने कुनै उतारचढाव छैन।
चाँदी आज प्रतितोला एक हजार तीन सय पाँच रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।
फागुन ८, २०७८ आइतबार ११:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।