आज एमसिसी संसद्मा टेबल हुन्छ : सरकारका प्रवक्ता

आज एमसिसी संसद्मा टेबल हुन्छ : सरकारका प्रवक्ता

काठमाडौँ : सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले आज संसद्मा  एमसिसी परियोजना सम्झौता टेबल हुने बताएका छन्। गठबन्धन दलको बैठकपछि बाहिरिएका कार्कीले सन्चारकर्मीसँग भने' आज एमसिसी संसद्मा टेबल हुन्छ।'

उनले एमसिसी परियोजनाबारे जे जति छलफल गर्नुपर्ने हो अब सडकमा नभई सार्वभौम संसद्मा हुने बताए।

प्रमुख प्रतिपक्ष सल एमालेको अवरोध कायमै छ नि भन्ने जिज्ञासामा उनले भने' यो एमसिसी परियोजना संसद्मा दर्ता गराएको केपी ओली नेतृत्वको सरकारले हो। संसद् किन अवरोध गर्ने त्यसको जवाफ दिनुपर्छ। जे जे प्रश्न छन् उहाँहरूलाई सोध्नुहोला।'

फागुन ८, २०७८ आइतबार ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।