बालुवाटारमा गठबन्धनको बैठक सुरु

काठमाडौंः पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का बारेमा साझा धारणा बनाउन बैठक बसेको हो।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजै बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गराउन चाहन्छन्। यता सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने जबर्जस्ती टेबल गरिए गठबन्धन छोड्ने चेतावनी दिँदै आएको छ।
संसद्बाट एमसीसी अनुमोदन गर्न फागुन १६ गतेको समयसीमा रहेको हुँदा दलहरूलाई साझा धारणा बनाउनैपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ।
यसअघि साझा धारणा बनाउन डाकिएको कयौँ बैठक निष्कर्षविहीन भएको थियो। आजको बैठकले भने ठोस निर्णय गर्ने बताइएको छ।
फागुन ८, २०७८ आइतबार १०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।