माओवादी केन्द्र सम्बद्ध संगठनहरूले आज संसद् भवन घेराउ गर्ने

माओवादी केन्द्र सम्बद्ध संगठनहरूले आज संसद् भवन घेराउ गर्ने

काठमाडौंः नेकपा माओवादी केन्द्र सम्बद्ध जनवर्गीय संगठन तथा मोर्चाहरूले आज संसद् भवन घेराउ गर्ने भएका छन्। बिहान ११ बजे नयाँ बानेश्वरस्थित एभरेष्ट होटलअगाडि भेला भई संसद् भवन घेर्ने कार्यक्रम रहेको जनाइएको छ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का विरुद्धमा केही दिन यता माओवादी केन्द्रका भातृ संगठनहरूले प्रदर्शन गर्दै आएका छन्।

यस्तै आजै राष्ट्रिय जनमोर्चा नेपालसहित ६ अन्य वामपन्थी दलले पनि एमसीसीविरुद्ध सडक संघर्ष गर्ने भएका छन्। मोहन वैद्य 'किरण' नेतृत्त्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीले पनि आज सडकमा प्रदर्शन गर्ने भएको छ।

फागुन ८, २०७८ आइतबार १०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।