दिउँसो पहाडी भूभागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली भइरहेको छ। हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको कारण पहाडी क्षेत्रको मौसम बदली भएको हो।

यस्तै यतिबेला तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागको केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राति पनि यही मौसम प्रणाली रहनेछ।

फागुन ८, २०७८ आइतबार ०८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।